आइतबार, भदौ २३ गते २०८१    
images
images

बुद्ध एयरले दैनिक ६ हजार यात्रु बोक्यो, कुन एयरलाइन्सको बजार हिस्सा कति? 

images
बिहीबार , पुस २२ २०७८
images
images
बुद्ध एयरले दैनिक ६ हजार यात्रु बोक्यो, कुन एयरलाइन्सको बजार हिस्सा कति? 

सन् २०२१ को तथ्यांक अनुसार बुद्ध एयरले आफ्नो बजार हिस्सा बढाएको छ। बुद्ध एक्लैले ५४ प्रतिशत यात्रुलाई सेवा दिएको छ। बुद्ध एक्लैले सन् २०२१ मा १९ लाख यात्रुलाई सेवा दिएको छ। 

images
images

काठमाडौं- सन् २०२१ मा देशभित्रै जहाजबाट यात्रा गर्ने यात्रुको संख्या हालसम्मकै उच्च भएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार सन् २०२१ मा ३५ लाख ४१ हजार ८८८ जनाले देशभित्रै हवाइ यात्रा गरेका छन्। 

सन् २०२१ मा करिब २ महिना उडान बन्द भएर पनि यात्रु संख्या उत्साहजनक देखिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

कोरोना सङ्क्रमणको जोखिमका बीचमा खुलेको उडानमा बस भन्दा जहाजको यात्रा यात्रुको रोजाइमा पर्नु, लामो दुरीका राजमार्ग अवरुद्ध हुँदा सडक यात्रा जोखिमपूर्ण भएका जस्ता कारणले हवाइ यात्रुको संख्या बढेको छ। 

images

महामारी लगत्तै एयरलाइन्सहरूको उडान संख्या बढेको, इन्धनको मूल्य सस्तो हुँदा भाडा पनि सस्तिएको थियो। यस्ता कारणले गर्दा देशभित्रै जहाजबाट यात्रा नगर्नेहरूको संख्या बढेको एयरलाइन्सहरूले बताउँदै आएका छन्। 

सन् २०२१ को तथ्यांक अनुसार बुद्ध एयरले आफ्नो बजार हिस्सा बढाएको छ। बुद्ध एक्लैले ५४ प्रतिशत यात्रुलाई सेवा दिएको छ। बुद्ध एक्लैले सन् २०२१ मा १९ लाख यात्रुलाई सेवा दिएको छ। 

उडान दिनको आधारमा बुद्ध एयर एक्लैले दैनिक ६ हजार २ सय यात्रुलाई सेवा दिएको छ। सन् २०२१ मा ६० दिन उडान बन्द भएको थियो। यो आधारमा हिसाब गर्दा बुद्धले उडान भएको दिनमा बुद्धले दैनिक ६ हजार यात्रुलाई सेवा दिएको हो। 

तीन प्रकारका सिट क्षमताका जहाज भएको बुद्धले अहिले सबै जहाजबाट उडान गरिरहेको छ। ७२ सिट क्षमताका एटीआर-७२  ११ वटा,  १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर-४२ जहाज छन्। 

बुद्धले हाल काठमाडौंबाट भद्रपुर, विराटनगर, तुम्लिङटार राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढी उडान गर्दै आएको छ। त्यस्तै क्षेत्रीय रुपमा विराटनगरबाट तुम्लिङटार उडान गरिरहेको बुद्धले पोखराबाट भरतपुर, भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। बुद्धले कूल काठमाडौं बाहेक १२ गन्तव्यमा उडान गरिरहेको छ। भारतको वणारासी र माउन्टेन उडान पनि बुद्धले सञ्चालन गरिरहेको छ। 

२०२१ को तथ्यांक अनुसार बुद्धले दैनिक पाँच हजार भन्दा बढी यात्रुलाई सेवा दिएको छ। आधा बजार हिस्सा लिएको बुद्धले पछिल्लो समय गन्तव्य र उडान पनि थप गरेको छ। महामारी पछि नै जहाज थप गरेको बुद्धले पछिल्लो समय क्षेत्री उडान गरिरहेको छ। पोखरालाई हब बनाएर विभिन्न गन्तव्यमा बुद्धले उडान गरिरहेको छ। 

लामो समयदेखि बुद्धले आन्तरिक उडानको बजारमा लिड गरिरहेको छ। बुद्धले सन् २०२० को तुलनामा २ प्रतिशत बजार हिस्सा बढाएको छ। सन् २०२० मा बुद्धको बजार हिस्सा ५२ प्रतिशत थियो। 

त्यस्तै यति एयरलाइन्सले सन् २०२१ मा ८ लाख यात्रुलाई सेवा दिएको छ। पाँच वटा जेटस्ट्रिम जहाज यही वर्ष आफ्नो उडानबाट हटाएको यतिले २२ प्रतिशत बजार हिस्सा ओगटेको छ। काठमाडौंबाट माउन्टेन फ्लाइट, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज तथा पोखरा जस्ता गन्तव्यमा उडान गरिरहेको यतिले पछिल्लो समय ७२ सिट क्षमताका जहाजबाट मात्र उडान गरिरहेको छ। 

यतिले नियमित उडानमा रहेका जहाज बिक्री गरेर ७२ सिट क्षमताका एटीआर-७२ जहाज खरिद गर्ने योजना बनाइरहेको छ। जहाज थप गरेपछि यतिले आफ्नो बजार पकड अझै बढाउने सम्भावना रहेको छ। 

महामारी सुरु भएपछि ८० सिट क्षमताको जहाज थप गरेको श्री एयरलाइन्सको बजार हिस्सा भने यो वर्ष घटेको छ। श्रीले  सन् २०२१ मा ५ लाख यात्रुलाई सेवा दिएको छ। श्रीको बजार हिस्सा १५ प्रतिशत छ। अघिल्लो वर्ष १६ प्रतिशत थियो। 

चौथो ठूलो आन्तरिक एयरलाइन्स सौर्यले सन् २०२१ मा १ लाख ३४ हजार यात्रुलाई सेवा दिएको छ। आन्तरिक उडानको बजारमा ३ प्रतिशत हिस्सा भएको सौर्य व्यवस्थापकीय संक्रमणमा रहेको छ। एटीआर-७२ जहाज ल्याएर उडान विस्तार गर्ने योजनामा रहेको सौर्यको यो वर्ष व्यापार सुधार भएको हो। 

सन् २०२१ को सुरुमा बन्द रहेको तत्कालीन सिम्रिक एयरलाइन्स र नाम परिवर्तन भएर गुण एयरलाइन्स बनेको गुणले पनि यो सन् २०२१ मा ५५ हजार यात्रुलाई सेवा दिएको छ। यसको बजार हिस्सा १.३ प्रतिशत छ। 

 


प्रकाशित : बिहीबार , पुस २२ २०७८०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend