शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कोशीमा ‘कृषि एक्स्पो’ मार्फत उत्पादनमूलक उद्यमलाई प्रवर्द्धन गर्ने तयारी

images
सोमबार, साउन २८ २०८१
images
कोशीमा ‘कृषि एक्स्पो’ मार्फत उत्पादनमूलक उद्यमलाई प्रवर्द्धन गर्ने तयारी

एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू उपस्थित हुने कार्यक्रम रहेको छ। दुर्गम जिल्लाबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिने छ।

images
images

इटहरी- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना कृषि एक्स्पोमार्फत कृषि उपज उत्पादनको वृद्धि र बजारीकरणलाई जोड दिने भएको छ।

images
images
images

भदौ २७ देखि ३० गते सम्म मोरङको कटहरी कृषि थोक बजारमा आयोजना हुन लागेको एक्स्पोले प्रविधिमैत्री कृषि उत्पादन र व्यवसायीकरणमा ध्यान दिने भएको हो। 

images
images

महासंघले एक्स्पोको पूर्व तयारीका लागि इलामको सूर्योदय नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य संघलगायत व्यवसायिक संस्थाहरूसँग छलफल गरेको छ। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्विस सरकारको विकास सहयोग प्रवर्द्धन कार्यक्रमले सहयोग गर्ने भएका छन्।

images
images

नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकाको सहकार्यमा कृषि एक्स्पो गर्ने तयारी भएको महासंघ अध्यक्ष राजेन्द्र राउतले बताए।  

कृषिमा नवीनतम प्रविधिको प्रयोग बढाउने र उत्पादन मूलक क्षेत्रमा लगानीको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। पशुपक्षीका दाना, भेटनरी लगायतका वस्तुहरूको प्रदर्शनी सहित कृषि विज्ञबाट प्यानलमा छलफल गरिने राउतले जानकारी दिए। 

एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू उपस्थित हुने कार्यक्रम रहेको छ। दुर्गम जिल्लाबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिने राउतले बताए। 

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कृषकलाई उत्पादन र आम्दानीमा जोड्न एक्स्पो प्रभावकारी हुने बताएका छन्।

कृषकलाई उत्पादन बढाउने तरीका सिकाउने बजारीकरणको अवस्थाबारे जानकारी गराउन यस्ता कार्यक्रम आवश्यक रहेको उनको बुझाइ छ। 

नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई एक्स्पोले अलैँची व्यवसायीका दुःखलाई बुझाउने अवसर दिने बताए। अलैँची किसानले प्राविधिक ज्ञान नपाएको कारण भोग्नु परेका समस्या बाहिर आउने र समाधानको विषयमा पनि छलफल हुने उनको विश्वास छ।  


प्रकाशित : सोमबार, साउन २८ २०८११३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend