आइतबार, असोज २० गते २०८१    
images
images

मधेश प्रदेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २८ २०८१
images
images
मधेश प्रदेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो।

images
images

जनकपुरधाम- मधेश प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि संघीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ। विश्व बैंकको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो।

images
images
images

मधेश प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो। हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर तथा जनकन्दनी गाउँपालिकामा कार्यक्रम विस्तार गरिएको छ।

images

दोस्रो चरणमा छनौट भएका उक्त पालिकामा यही साउनदेखि कार्यक्रम कार्यान्वयनमा आइसकेको छ।

images

यसअघि पहिलो चरणमा धनुषाका मुखियापटी मुसरनिया, धनौजी तथा महोत्तरीको पिपरा एकडारा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि अधिकृत तिवारीले बताए। सप्तरी तथा सिरहामा पनि कार्यक्रम सञ्चालन भइरहको छ। 

कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा संघीय सरकारले ल्याएको उनले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, साउन २८ २०८११२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend