बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

नेपालमा यूपीआई भुक्तानी कारोबारले १ लाखको सीमा नाघ्यो

images
आइतबार, साउन २७ २०८१
images
images
नेपालमा यूपीआई भुक्तानी कारोबारले १ लाखको सीमा नाघ्यो

साथै, नेपाली यात्रुहरूले भारत भ्रमण गर्दा पनि यूपीआई वन वर्ल्ड एप प्रयोग गरी यूपीआई भुक्तानीको सुविधा प्राप्त गर्न सक्छन्।

images
images

काठमाडौं- भारतको लोकप्रिय मोबाइल आधारित वास्तविक समय भुक्तानी प्रणाली यूपीआईले नेपालमा १ लाखभन्दा बढी व्यापारी भुक्तानी (पीटुएम) कारोबारको माइलस्टोन पार गरेको छ।

images
images

यो महत्वपूर्ण उपलब्धि एनपीसीआई इन्टरनेसनल पेमेन्टस लिमिटेड (एनआईपीएल) र नेपालकै सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपे बीचको सहकार्यमा प्राप्त भएको बताइएको छ। मार्च २०२४ मा सुरु गरिएको सीमापार पीटुएम यूपीआई स्वीकारोक्तिले दुई देशहरू बीचको डिजिटल भुक्तानी कनेक्टिविटी र सहकार्यको नयाँ युगलाई संकेत गरेको दाबी गरिएको छ।

images
images

यूपीआईले भारतीय पर्यटकहरूको लागि नेपालमा भुक्तानी प्रक्रिया सजिलो बनाएको छ। साथै, नेपाली यात्रुहरूले भारत भ्रमण गर्दा पनि यूपीआई वन वर्ल्ड एप प्रयोग गरी यूपीआई भुक्तानीको सुविधा प्राप्त गर्न सक्छन्। उनीहरूले क्यूआर कोड स्क्यान गरेर व्यापारी स्थलहरूमा सहज भुक्तानी गर्न सक्छन्, जसले भारतको समृद्ध संस्कृति, खानपान र विविध अनुभवहरू अन्वेषण गर्न अझ सहज बनाउँछ। 

images
images
images

एनआईपीएलका सीईओ ऋतेश शुक्लाले भने, 'नेपालमा यूपीआई व्यापारी स्वीकृतिको सुरुवातपछि प्राप्त सकारात्मक प्रतिक्रियाले हामीलाई निकै खुशी दिएको छ। यो माइलस्टोनले दुई राष्ट्रहरू बीचको सीमापार कारोबारलाई सरल बनाउन हाम्रो प्रतिबद्धताको पुष्टि गर्दछ। नेपाली यात्रुहरू पनि यूपीआई प्रयोग गर्न थालेका छन्, हामी भविष्यमा यूपीआई कारोबारमा अझ वृद्धि हुने अपेक्षा गर्दछौँ। यसले दुई देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।'

यूपीआई हाल भूटान, फ्रान्स, माउरिटस, नेपाल, सिंगापुर, श्रीलंका र यूएईमा स्वीकार्य छ। विश्वव्यापी रूपमा यूपीआईले २०२३ मा गरिएको वास्तविक समय भुक्तानीमध्ये ४९ प्रतिशत भारतमा गरिएको एसीआई वर्ल्डवाइड रिपोर्टले देखाएको छ। 

एनआईपीएलले नेपाल एसबीआई बैंक लिमिटेडसँग सहकार्य गर्दै नेपालमा रुपे कार्डको सञ्चालन पनि सुरु गरेको छ।

रुपे भारतको एक विश्वव्यापी कार्ड भुक्तानी नेटवर्क हो, जसले एटीएम, पीओएस डिभाइस र ई-कमर्स वेबसाइटमा व्यापक स्वीकार्यता प्राप्त गरेको छ। एनआईपीएलको उद्देश्य यूपीआई र रुपेजस्ता सफल भुक्तानी प्रणालीहरूलाई विश्वभर विस्तार गर्ने रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, साउन २७ २०८११७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend