बुधबार, वैशाख १२ गते २०८१    
images
images

इलाइट कन्स्ट्रक्सन उजुरी गरेर जोडियो ग्वार्को फ्लाइओभरमा

अब ८ कम्पनी योग्य 

images
images
images
इलाइट कन्स्ट्रक्सन उजुरी गरेर जोडियो ग्वार्को फ्लाइओभरमा
सांकेतिक तस्बिर।

उसको उजुरीपछि कार्यालयले क्लिनचिट दिएसँगै सडक विभागले बिहीबार पुनः ८ कम्पनीलाई योग्य भन्दै आर्थिक प्रस्ताव माग गरेको हो।

images
images

काठमाडौं- इलाइट कन्स्ट्रक्सनलले आफूलाई ग्वार्को फ्लाइओभर निर्माण गर्न अयोग्य बनाएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी गरेर पुन: योग्य दरिएको छ। उजुरीपछि कार्यालयले क्लिनचिट दिएसँगै सडक विभागले बिहीबार पुनः ८ कम्पनीलाई योग्य भन्दै आर्थिक प्रस्ताव माग गरेको हो। यसअघि विभागले ७ कम्पनीलाई मात्र योग्य ठहर गरेको थियो। 

images
images
images

ललितपुरको ग्वार्काे चोकमा निर्माण हुने चार लेनको फ्लाइओभर बनाउन अब ८ कम्पनी प्राविधिक रुपमा छनोट भएका छन्। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले गत असारमा मागेको बोलपत्रमा ९ कम्पनीले आवेदन दिएका थिए। तिनै ९ कम्पनी मध्ये ८ कम्पनी प्राविधिक रुपमा योग्य रहेको विभागको भनाइ छ।  

images

फ्लाइओभर निर्माणका लागि एमआर हिम सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामागोल्डेन गुड जेभी, सूर्यर भ्याली र विकास र ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनकर श्रेष्ठ जेभी, तुन्दी र रसुवार रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष-समानान्तर-रेलिगर जेभीले आवेदन दिएका थिए। 

images

यी मध्ये केन्द्रले शर्मा एन्ड कम्पनी, सुर्य-भ्याली-विकास एन्ड ब्रदर्स जेभी, एएनके-श्रेष्ठ जोइन्ट भेन्जर, तुँदी-रसुवा-रोशन जेभी, कालिक कन्स्ट्रकसन, आशिष-समानान्तर-रेलिगर जेभी र एमआर-हिम सगरमाथा जेभी र इलाइट कन्स्ट्रक्सन प्राविधिक रुपमा फ्लाइओभर बनाउन योग्य देखिएका हुन्। यसअघि विभागले आर्थिक प्रस्ताव माग गर्दा इलाइट सूचीमा थिएन।

images
images

गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले प्राविधिक रूपमा योग्य भएका कम्पनीहरूसँग आर्थिक प्रस्ताव माग गरेको छ। केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक प्रस्ताव माग गरेको हो। केन्द्रले छनोट भएका कम्पनीहरूलाई सात दिन भित्र आर्थिक प्रस्ताव पेस गर्न समय दिएको छ। 

चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी ८ लेनको बनाउँदा समेत फ्लाइओभरको परिकल्पना गरिएको थियो। करिब १० किलोमिटर सडकको मुख्य जाम हुने तीनवटा चोकमा फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको थियो। 

सडक विभागले पहिलो चरणमा ग्वार्काे चोकमा त्यसपछि सातदोबाटो र एकान्तकुनामा समेत फ्लाइओभर बनाउने योजना बनाएको छ।

केन्द्रले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण अघि बढाएको हो। आफैले प्रारम्भिक सर्भे गरेर त्यसलाइ बेसलाइन मान्दै ईपीसी मोडलमा ठेक्का निकालिएको हो। यो मोडलमा डिजाइनदेखि खरिद हुँदै निर्माणसम्मको सबै काम निर्माण कम्पनीले नै गर्नेछ। 

ठेक्का पाउने कम्पनीले दुई वर्षमा फ्लाइओभर निर्माण सकेर हस्तान्तरण गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ। ग्वार्काे चोकमा निर्माण हुने फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। 

फ्लाइओभरको कुल लम्बाई ४५५ मिटर हुनेछ। जसमा बालकुमारीतिरबाट २८० मिटरसम्म माथि उक्लदै बीचमा निर्माण हुने पुल ३५ मिटर सडकमाथि हुनेछ। उक्त पुलसँग जोडिन सातदोबाटोतिर १७५ मिटर लामो सडकमाथि उक्लिएको संरचना निर्माण हुनेछ। फ्लाइओभरको ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ।

बालकुमारीतिरबाट सातदोबाटोतर्फ फ्लाइओभर निर्माण भएपछि इमाडोलतिरबाट पाटनतिर जाने सवारीसाधन फ्लाइओभरकै मुनि (अहिले भएको चक्रपथ) बाट पास हुनेछ। अर्थ मन्त्रालयले फ्लाइओभर निर्माणका लागि २४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको छ।

images

प्रकाशित : बिहीबार , पुस २२ २०७८०६:०६

प्रतिक्रिया दिनुहोस