सोमबार, असोज १४ गते २०८१    
images
images

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

images
आइतबार, साउन २७ २०८१
images
images
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन्। सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

images
images

बैतडी- लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

images
images
images

बैतडीको सिगास गाउँपालिका-९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन्। सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। 'वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ', उनले भने। रासस

images


प्रकाशित : आइतबार, साउन २७ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend