शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सहकारीको ठगी : नेपालगञ्ज र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी

images
आइतबार, साउन २७ २०८१
images
सहकारीको ठगी : नेपालगञ्ज र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी

प्रहरीले यसअघि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी संकलन गरेको जनाएको छ।

images
images

नेपालगञ्ज- बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी संकलन गरेको छ।

images
images
images

हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

images
images

उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी संकलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए।

images
images

प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो।

'अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,' प्रनाउ डाँगीले भने। 

प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी संकलन गरेको जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend