काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। बुधबार ९२ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९२ हजार ३ रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि एकै दिन तोलामा २५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। बिहीबार तोलामा २५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।