शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

भारतीय विदेशसचिव मिस्री काठमाडौंमा

images
आइतबार, साउन २७ २०८१
images
भारतीय विदेशसचिव मिस्री काठमाडौंमा

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

images
images

काठमाडौं- परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन्।

images
images
images

परराष्ट्र मन्त्रालयका अनुसार दुवै  देशका परराष्ट्रसचिवबीच नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ।

images
images

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

images
images

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो। उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन्।

उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन्।

विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनेछन्। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend