शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन

images
आइतबार, साउन २७ २०८१
images
कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका-८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ।

images
images

मकवानपुर- पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन्।

images
images
images

ललितपुरको बागमती गाउँपालिका-६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

images
images

पहिरो पूर्णरुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ओम पण्डितले बताए।

images
images

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका-८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ।

त्रिभुवन राजपथअन्तर्गत भीमफेदी-कुलेखानी सडक सञ्चालनमा छ भने पूर्व-पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेका उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend