शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पूर्वराष्ट्रपति यादवलाई सरकारले दियो १० लाख रूपैयाँ आर्थिक सहयोग

images
बुधबार, पुस २१ २०७८
images
पूर्वराष्ट्रपति यादवलाई सरकारले दियो १० लाख रूपैयाँ आर्थिक सहयोग
images
images

काठमाडौं- सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई आर्थिक सहयोग दिन रकम निकासी गरेको छ। गृह मन्त्रालयमार्फत पूर्वराष्ट्रपतिका लागि १० लाख रूपैयाँ आर्थिक सहयोगका लागि रकम निकासी भएको छ।

images
images
images

यसैगरी बागमती प्रदेश सरकारका प्रमुख यादवचन्द्र शर्माको उपचार खर्चका लागि १ लाख २९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। यसैगरी पूर्वमन्त्री प्रदीप नेपालसहित तीन जनालाई पनि सरकारले ३२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

images
images

माओवादी पूर्वलडाकुलगायत घाइते तथा अपाङ्‍गता भएका व्यक्तिहरूलाई निर्वाह भत्ता

images
images

सरकारले माओवादी पूर्वलडाकुलगायत घाइते तथा अपाङ्‍गता भएका व्यक्तिहरूलाई निर्वाह भत्ताका लागि साढे ४ करोड रुपैयाँभन्दा बढी रकम निकासी गरेको छ।

गृह मन्त्रालयमामार्फत माओवादी पूर्वलडाकुलगायत घाइते तथा अपाङ्‍गता भएकाका लागि आर्थिक सहयोगमा सरकारले ४ करोड ६१ लाख १६ हजार रुपैयाँ निकासी गरेको हो। 


प्रकाशित : बुधबार, पुस २१ २०७८१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend