शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बडिगाड पहिरो : ५० परिवार विस्थापित

images
आइतबार, साउन २७ २०८१
images
बडिगाड पहिरो : ५० परिवार विस्थापित

पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन। बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।

images
images

बागलुङ- बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका-९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। 

images
images
images

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन। बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।

images
images

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो रासस प्रतिनिधिसँग पोखे। आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए।

images
images

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए। गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend