शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नेपालद्वारा निर्मित 'मुनाल' भू-उपग्रह प्रक्षेपण गर्न भारतले सघाउने, सम्झाैतामा हस्ताक्षर

images
आइतबार, साउन २७ २०८१
images
नेपालद्वारा निर्मित 'मुनाल' भू-उपग्रह प्रक्षेपण गर्न भारतले सघाउने, सम्झाैतामा हस्ताक्षर

भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

images
images

काठमाडौं- नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाल र छिमेकी राष्ट्र भारतबिच सम्झौतामा हस्ताक्षर भएको छ।

images
images
images

भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरे। 

images
images

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै यो सम्झौता दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुंगा भएको बताएका छन्। 

images
images

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो।


प्रकाशित : आइतबार, साउन २७ २०८११०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend