शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कालीगण्डकी करिडोर : महभिरको पहिरोले दुर्घटनाको जोखिम

images
आइतबार, साउन २७ २०८१
images
कालीगण्डकी करिडोर : महभिरको पहिरोले दुर्घटनाको जोखिम

महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ। मुस्ताङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ।

images
images

म्याग्दी- बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ। 

images
images
images

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी-जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ।

images
images

स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम-सडक आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताए। 'सात-आठ सय मिटरमाथिको भिरपाखो हुँदै सडकमा पहिरो खस्न थालेको छ', उनले भने, 'पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन।'

images
images

पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुंगा, लेदो र गेगरसहितको पहिरो खस्छ। शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ। मुस्ताङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ।

दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुरिएको थियो। यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए।

यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइँठेभिरलगायत स्थानमा पहिरोको  जोखिम भएकाले त्यताबाट  यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका र बेनी-जोमसोम-कोरला सडक आयोजनाले अनुरोध गरेका छन्। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend