शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा छ : अध्यक्ष ढकाल

images
शनिबार, साउन २६ २०८१
images
ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा छ : अध्यक्ष ढकाल

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्नेगरि महासंघले काम गरिरहेको पनि अध्यक्ष चन्द्रप्रसा ढकालले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भइ निजी क्षेत्र विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्।

images
images
images

कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन्। 

images
images

मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए। 

images
images

केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ। यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो। 

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरुमध्ये छैठौँ स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए। जलस्रोत पर्यटनमात्रै नभइ यहाँको जनशक्ति निकै मेहनती रहेको र युवाहरु विकासको संवाहक हुने उनको भनाइ थियो।

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्नेगरि महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए। कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा संघका अध्यक्ष पुष्प कुँवरले सुदुरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए। साथै सुदूरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँचलगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको पनि उनको भनाइ थियो। 


प्रकाशित : शनिबार, साउन २६ २०८११८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend