सोमबार, असोज १४ गते २०८१    
images
images

घट्दो ब्याजदर र बढ्दो सेयर बजार : बीमा कम्पनीहरूको अर्बाैँ रुपैयाँ सेयर बजारमा लगानी हुन सक्ने

images
आइतबार, साउन २७ २०८१
images
images
घट्दो ब्याजदर र बढ्दो सेयर बजार : बीमा कम्पनीहरूको अर्बाैँ रुपैयाँ सेयर बजारमा लगानी हुन सक्ने
images
images

काठमाडौं- कर्जा प्रवाह नबढेकाले बैंकिङ प्रणालीमा ६ खर्ब ५३ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको निक्षेप संकलन ६४ खर्ब ३५ अर्ब र कर्जा प्रवाह ५१ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ। 

images
images
images

बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७८.६० प्रतिशत रहेको छ। यस्तै औषत अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ। साउनका लागि पनि बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका थिए। अहिलेकै अवस्था रहेमा भदौमा पनि घट्ने सक्ने अनुमान गरिएको छ। 

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधितम ब्याजदर असारको तुलनामा ०.०१ प्रतिशतले घटाएर ६.२१ प्रतिशत कायम गरेका थिए। पछिल्लो समय सेयर बजार लगातार बढीरहेको छ।

images

अहिलेसम्म सेयर बजारमा खासै संस्थापक लगानीकर्ताहरुको पैसा आएको छैन। अब मुद्दतीको ब्याजदर घट्दै गएपछि सेयर बजारमा उक्त रकम आउने अनुमान विश्लेषकहरुले गरेका छन्।

images

खासगरी बीमा कम्पनीहरूले सेयर बजारमा लगानी गर्न सक्ने भएकोले विगतमा ब्याज महँगो हुँदा मुद्दतीमा राखिएको पैसा सेयर बजारमा आउने आँकलन गरिएको छ। 

बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा बैंकहरूको मुद्दती निक्षेपमा मात्रै ५ खर्ब ७४ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकमा रहेको छ। यो कुल लगानीको झण्डै ८० प्रतिशत रकम हो। यो ब्याजदर घटेपछि अन्यत्र क्षेत्रमा भन्दा बढ्दो क्रममा रहेको सेयर बजारमा आउन सक्ने अनुमान गरिएको छ।   

बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा सूचीकृत पब्लिक कम्पनीको सेयरमा झण्डै २३ अर्ब रुपैयाँ लगानी गरेका थिए। प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमकले गत आवको अन्त्यसम्म सेयरबजारमा २२ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांक रहेको छ।

प्राधिकरणको नियमअनुसार सेयर बजारमा बीमा कम्पनीहरूले १० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। ब्याजदरको घट्दो ट्रेण्डले बीमा कम्पनीहरूको अर्बाैँ रकम सेयर बजारमा आउन सक्ने देखिन्छ। 

प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सेयरबजारमा बीमा कम्पनीहरूले सम्बन्धित कम्पनीको कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म रकम लगानी गर्न पाउने व्यवस्था गरेको छ। यसअघि बीमकहरुले कायम चुक्तापुँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो। यसकारण पछि सेयर बजारमा बीमा कम्पनीहरूको ठूलो रकम आउने अनुमान गरिएको छ। बीमा कम्पनीहरूको साढे ७ खर्ब रुपैयाँ लगानी रहेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा र १४ निर्जीवन बीमा कम्पनीले ७ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ।  

गतवर्ष बीमा कम्पनीहरूले सेयर, बण्ड र डिबेञ्चरमा ५५ अर्ब ९८ करोड, अन्य क्षेत्रको लगानीमा ४४ अर्ब ९४ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड र डिबेञ्चरमा १९ अर्ब ८६ करोड,  सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २२ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका थिए। 

म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ३ अर्ब २३ करोड, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा र जलस्रोत क्षेत्रहरूमा ९ अर्ब ५८ करोड, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा १ अर्ब १० करोड र सरकारी बचतपत्र र ऋणपत्रमा ३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेका थिए।  


प्रकाशित : आइतबार, साउन २७ २०८१०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend