शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कालीगण्डकी करिडोर : चार करोडमा ठेक्का लागेको छुसाङ-चैले खण्ड स्तरोन्नति

images
शनिबार, साउन २६ २०८१
images
कालीगण्डकी करिडोर : चार करोडमा ठेक्का लागेको छुसाङ-चैले खण्ड स्तरोन्नति
फाइल तस्बिर

गत असारमै अधिकांश काम सकिएको भए पनि बजेट अभावका कारण निर्माण अवधि एक महिनापछि धकेलिएको निर्माण कम्पनीले जनाएको छ।

images
images

म्याग्दी- चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरलाअन्तर्गत मुस्ताङको छुसाङ-चैलै खण्ड स्तरोन्नतिको भएको छ।

images
images
images

वारागुङ मुक्तिक्षेत्र-३ छुसाङबाट चैलेसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको हो। आगामी २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए।

images
images

सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षणलगायत कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ/डीएस बिल्डर्स/युनाइटेड जेभी कन्स्ट्रक्सनले चार करोड ३१ लाख ८३ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

images
images

निर्माण कम्पनीले सम्झौताअघि नै काम सकेर अन्तिम किस्ता भुक्तानी मागेपछि प्राविधिक नापजाँच र मूल्यांकन गरी ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको इन्जिनियर चापागाईँले बताए।

मुस्ताङको प्रतिकूल भूगोल, मौसम र आर्थिक मन्दीको असहज अवस्थाका बाबजुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताए। गत असारमै अधिकांश काम सकिएको भए पनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधि एक महिनापछि धकेलिएको उनले बताए।

छुसाङ-चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो। कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावियन पर्खाल बनाएर संरक्षण गरिएको छ।

निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीयस्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजीकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ-चैले सडक स्तरोन्नति योजनाले दिएको छ। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend