बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

कालीगण्डकीमा पहिरो खस्दा कृषि फार्ममा क्षति

images
शनिबार, साउन २६ २०८१
images
images
कालीगण्डकीमा पहिरो खस्दा कृषि फार्ममा क्षति

कालीगण्डकीको छालले कृषि फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुप्रिएको छ।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्‍याएको छ।

images
images

अन्नपूर्ण-२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाइ कृषि तथा पशुपक्षी फार्ममा क्षति भएको हो। गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण-२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

images
images

उनका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुप्रिएको छ।

images
images
images

फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताए।

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो। जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरेका छन्। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend