शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

फूलबारी-बंगलाबन्घु नाका सञ्चालनमा, काँकरभिट्टामा रोकिएका कन्टेनर लागे बंगलादेश

images
शनिबार, साउन २६ २०८१
images
फूलबारी-बंगलाबन्घु नाका सञ्चालनमा, काँकरभिट्टामा रोकिएका कन्टेनर लागे बंगलादेश

बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको बताइएको छ।

images
images

झापा- नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी-बंगलाबन्घु नाका खुलेको छ। नाका खुला भएसँगै बंगलादेशसँगको आयात-निर्यात सहज भएको छ।

images
images
images

पूर्वीनाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।

images
images

उनले भने, 'बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ।' 

images
images

कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रूपैयाँ सामग्री बंगलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार रूपैयाँ बराबरको सामग्री आयात भएको थियो। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend