शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नवलपरासीको यातायात व्यवस्था कार्यालयले एक वर्षमा उठायो ३० करोड राजस्व

images
शनिबार, साउन २६ २०८१
images
नवलपरासीको  यातायात व्यवस्था कार्यालयले एक वर्षमा उठायो ३० करोड राजस्व

गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सातसय २७ सवारीसाधन दर्ता भएका छन्।

images
images

नवलपरासी- यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ रूपैयाँ राजस्व संकलन गरेको छ। 

images
images
images

गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व संकलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताए।

images
images

'गत आवमा सवारीसाधन करवापत २३ करोड ८६ लाख पाँच हजार तीन सय १३ रूपैयाँ, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत पाँच करोड छ लाख ५२ हजार नौ सय १८ रूपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३८ लाख ४६ हजार चार सय ३० रूपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख दुई हजार छ सय ९० रूपैयाँ राजस्व संकलन भएको छ', उनले भने।

images
images

प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सातसय २७ सवारीसाधन दर्ता भएका छन्। आव २०७९/८० मा कुल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव ६ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उनले जानकारी दिए।

'गत आवमा दुई पाङ्ग्रे सवारीसाधन एक हजार चार ८९, निजी कार भ्यान २८, सरकारी मोटरसाइकल तीन, निजी बस तथा ट्रक १३, सरकारी बस पाँच, सरकारी गाडी छ, पिकअप भ्यान दुई, सार्वजनिक बस तथा ट्रक २४, ट्याक्टर चार, भाडाका ट्याम्पो ७४ र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्', प्रमुख केसीले भने। उनका अनुसार आव २०७९/८० मा छ हजार छ सय ८३ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार चार सय ८९ वटा दर्ता भएका छन्।

जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिए। चालक अनुमतिपत्र नयाँ एवं नवीकरण गरेकामध्ये गत पुस १५ गतेसम्मका सबै छापिएर आएका उनले बताए।

छापिएर आएका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अहिले सेवाग्राहीलाई वितरण गर्न थालिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend