बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

दूध तथा दुग्धजन्य पदार्थको बिक्रीवितरणमा पनि कर

images
शनिबार, साउन २६ २०८१
images
images
दूध तथा दुग्धजन्य पदार्थको बिक्रीवितरणमा पनि कर

दर्ता हुन छुट भएका संस्था समयमै दर्ता नभए गाउँपालिका वा अन्यत्र निकायबाट प्रदान गरिने अनुदान प्राप्त नहुने गाउँपालिकाले जनाएको छ।

images
images

काठमाडौं- ललितपुरको महांकाल गाउँपालिकाले दूध एवम् दुग्धजन्य पदार्थ बिक्रीवितरणमा कर लगाएको छ।

images
images

गाउँपालिका क्षेत्रभित्र व्यावसायिक र गैरव्यावसायिक रुपमा पशुपालन गर्दै आएका कृषकहरुबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ संकलन केन्द्र, डेरी उद्योग, ढुवानीकर्ताले यही साउनदेखि नै अनिवार्यरुपमा कर तिर्नुपर्ने व्यवस्था गरिएको हो।

images
images

गाउँपालिकाको गाउँसभाबाट स्वीकृत आर्थिक ऐन, २०८१ अनुसार दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरणमा ०.२० पैसा प्रतिलिटरका दरले कर अनिवार्य गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार ०८१ साउनबाट अनिवार्यरुपमा कर असुल गरिने गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिए।

images
images
images

साथै, दर्ता हुन छुट भएका संस्थाहरुले यथाशीघ्र दर्ता प्रक्रिया अघि बढाइ आफूले संकलन गरेको दूधको परिमाणअनुसार हरेक महिनाको बुझाउनुपर्ने रकम दोस्रो महिनाको पहिलो साताभित्र बुझाउन गाउँपालिकाले सूचित गरेको छ।

समयमै दर्ता नभए गाउँपालिका वा अन्यत्र निकायबाट प्रदान गरिने अनुदान प्राप्त नहुने गाउँपालिकाले जनाएको छ।


प्रकाशित : शनिबार, साउन २६ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend