काठमाडौं- अर्थ मन्त्रालयले गत कात्तिक र मंसिरमा सम्पन्न जनगणनाका गणकलाई १ अर्ब रूपैयाँ भत्ता दिन रकमान्तर गरेको छ।
मन्त्रालयले राष्ट्रिय योजना आयोगमार्फत केन्द्रीय तथ्यांक विभागलाई यो रकम उपलब्ध गराएको हो।
गत कात्तिक २५ गतेदेखि मंसिर १० गतेसम्म जनगणना भएको थियो।