शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नेवाद्वारा खानेपानी पहुँच विस्तार, सात हजार ७६२ जनसंख्या लाभान्वित

images
शनिबार, साउन २६ २०८१
images
नेवाद्वारा खानेपानी पहुँच विस्तार, सात हजार ७६२ जनसंख्या लाभान्वित

कुल पाँच करोड ९१ लाख रूपैयाँको लागतमा खानेपानी आयोजनाहरु निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ।

images
images

म्याग्दी- म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ। नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरुबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन्।

images
images
images

कुल पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ रूपैयाँको लागतमा खानेपानी आयोजनाहरु निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ। नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ।

images
images

मालिका गाउँपालिका-२ को ठूलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका-२ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिए। मालिकाकाको बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा निर्माण भएको खानेपानी आयोजनाबाट २३६ धारा जडान भएको छ। धवलागिरी गाउँपालिका-२ को लमसुङ र वडा नं. ४ खाम्लामा १०८ घरधुरीमा खानेपानी जडान भएको छ।

images
images

मंगला- १ खानीगाउँमा ३७, वडा नं. २ खुम्लीया, र्‍यालेखोर, भाइवाङका १०० र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राबिधिक गोर्खबहादुर शाहीले बताए। नेवाले दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ रूपैयाँ र स्थानीय तहहरुले एक करोड २५ लाख ९३ हजार २३ रूपैयाँ लगानी गरेका छन्।

एक करोड ४८ लाख ६६ हजार चार सय ४० रूपैयाँ बराबरको श्रमदान गरेका उपभोक्ताहरुले २७ लाख १५ हजार चार सय १५ रूपैयाँ नगद लगानी गरेका नेवाले जनाएको छ। हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पधेरामा धाउदा हुने समयको बचतको साथै सहज भएको बताए।

व्यवस्थित रुपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ। पानीका कारणले समाजमा विवाद हुन छाडेको छ। सबैले आवश्यकता अनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन्। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend