मंगलबार, असोज १५ गते २०८१    
images
images

कलुवापुर-बेलौरी सडकको क्षेत्राधिकारभित्र बनाइएका संरचना भत्काइँदै

images
शनिबार, साउन २६ २०८१
images
images
कलुवापुर-बेलौरी सडकको क्षेत्राधिकारभित्र बनाइएका संरचना भत्काइँदै
फाइल तस्बिर

यही साउन २७ गतेदेखि अवैध संरचना हटाउन सुरु गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज विष्टले जानकारी दिए।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर-बेलौरी सडकको क्षेत्राधिकारभित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ। सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो।

images
images
images

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज विष्टले जानकारी दिए। 

उनका अनुसार यही साउन २७ गतेदेखि अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ। 'सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दुर्घटनाको जोखिम उच्च रहेको छ', उनले भने, 'सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ।'

images

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अगाडी बढाइने उनले बताए। सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ। सम्भावित संक्रामक रोगहरु फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिको अवैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ।

images

दुईदिन अघिमात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो। पानीको निकास हुने ठाउमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन। यसअघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अवैध सडक क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाएको थियो। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend