सोमबार, असोज १४ गते २०८१    
images
images

प्रभुत्वशाली प्रविधि कम्पनीमाथि निर्मम हुँदै अमेरिका

images
आइतबार, साउन २७ २०८१
images
images
प्रभुत्वशाली प्रविधि कम्पनीमाथि निर्मम हुँदै अमेरिका

लोकतान्त्रिक प्रक्रियामै यस्ता प्रभुत्वशाली कम्पनीले प्रभाव पार्न थालेपछि पछिल्लो समय संसारभरका सरकारले कडाइ गर्न थालेका छन्। यस्ता प्रभुत्वशाली कम्पनीको जननी मानिने अमेरिकामै यस्ता टेक जायन्टको एकाधिकारवादी प्रवृत्तिमाथि छानबिन भइरहेको छ।

images
images

काठमाडौं- प्रविधिको विकासमार्फत् धन र प्रभाव विस्तार गर्न सफल विश्वकै ठूला कम्पनीमाथि अमेरिकी सरकारले कडाइ गर्न थालेको छ।

images
images
images

आधुनिक प्रविधिको विकासले गर्दा सरकारभन्दा पनि प्रभावशाली हुन थालेपछि उनीहरूको शक्तिलाई कमजोर पार्न भन्दै अमेरिकाले आफ्नै देशका कम्पनीमाथि सघन अनुसन्धान गरिरहेको छ। 

लोकतान्त्रिक प्रक्रियामै यस्ता प्रभुत्वशाली कम्पनीले प्रभाव पार्न थालेपछि पछिल्लो समय संसारभरका सरकारले कडाइ गर्न थालेका छन्। यस्ता प्रभुत्वशाली कम्पनीको जननी मानिने अमेरिकामै यस्ता टेक जायन्टको एकाधिकारवादी प्रवृत्तिमाथि छानबिन भइरहेको छ। 

गुगल, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीमाथि एकाधिकार गरेको भन्दै त्यहाँको सरकारी एजेन्सीहरूले विभिन्न तहमा अनुसन्धान गरिरहेको छ। संसदीय समितिदेखि यस्तो केस अदालतसम्म पुगेको छ। 

images

पछिल्लो समय गुगलको एकाधिकारवादी अभ्यासविरुद्ध अमेरिकी अदालतका एक न्यायाधीशले सनसनीपूर्ण राय व्यक्त गरेका छन्। अमेरिकाको एक जिल्ला अदालतका न्यायाधीश अमित मेह्ताले गुगलले गैरकानूनी रुपमा एकाधिकार कायम गर्न खोजेको ठहर गरेका हुन्। 

अमेरिकी एन्ट्रीट्रष्ट कानून विपरीत गुगलले सर्च इन्जिनमा एकाधिकार कायम गरेको उनले उल्लेख गरेका छन्। गुगल सर्च इन्जिनलाई डिफलट बनाउनका लागि गुगलले अर्बौं रकम खर्चिएको र यसरी अतिरिक्त लगानी गरेर बजारमा प्रतिस्पर्धीलाई तह लागउनु गैरकानूनी मानिन्छ। गुगलले यस्तै काम गरेको छ। 

प्रविधि कम्पनीहरूले साना प्रतिस्पर्धीलाई अक्वायर गर्ने, अक्वायर नहुने प्रतिस्पर्धीलाई तह लगाउनका लागि अतिरिक्त खर्च गर्ने काम टेक जायन्टले गर्दै आएका छन्। गुगगले पनि यस्तै गरेको छ। सर्च इन्जिनमा गुगल ९० प्रतिशत छ भने स्मार्टफोनमा ९५ प्रतिशत रहेको छ। 

यसका लागि गुगलले अर्बौं डलर खर्चिएको पाइएको छ। गुगलले एप्पलका फोनमा गुगललाई डिफल्ट सर्च इन्जिन बनाउनका लागि सन् २०२१ मा मात्र २६ अर्ब डलर खर्चिएको थियो। यसरी अर्बौं रकम खर्चिएर उपभोक्तलाई छनौटको सुविधाबाट बञ्चित गरेको न्यायाधीशले ठहर गरेका छन्। अमेरिकी एन्टीट्रष्ट अधिकारीहरूले यसलाई ऐतिहासिक बताएका छन्। 

गुगलसँगै एनभीडिएमाथि पनि अमेरिकामा अनुसन्धान भइरहेको छ। एआई चिपको बजारमा ९० प्रतिशत बजार हिस्सा भएको यो कम्पनीले त्यही एकाधिकारको बलमा प्रतिस्पर्धा सीमित पार्ने काम गरेको भन्दै अमेरिकामा अनुसन्धान भइरहेको छ। कुनै पनि कम्पनीले बजारमा निश्चित वस्तु तथा सेवामा एकाधिकार कायममात्र होइन त्यसका लागि उसले गरेका गतिविधि पनि अनुसन्धानमा तानिनेछ। 

अमेजनमाथि पनि अमेरिकाका विभिन्न १७ वटा राज्यमा अनुसन्धान भइरहेको छ। अनलाइन रिटेल बजारमा एकाधिकार कायम गर्ने गलत अभ्यास गरेको र त्यसबाट अन्य प्रतिस्पर्धीलाई किनारा लाग्ने वातावरण तयार भएको आरोप अमेजनमाथि रहेको छ। 

त्यस्तै एप्पल र मेटामाथि पनि अमेरिकाले अनुसन्धान गरिरहेको छ। सबैभन्दा धेरै मेटामाथि वृहत अनुसन्धान भइरहेको छ। ४६ वटा राज्यमा मेटामाथि अनुसन्धान भइरहेको छ। 

गुगलको सन्दर्भमा आएको पछिल्लो आदेशले अमेरिकी अधिकारीहरू अझ हौसिएका छन्। 

अमेरिकासँगै युरोपलेले एकाधिकार विरोधी तथा डेटा सुरक्षामा कडाइ गर्दै आएको छ। हालैमात्र युरोपले अमेरिकी प्रविधि कम्पनीमाथि उपभोक्ताको डेटालाई एआई मोडल ट्रेनिङमा उपयोग गर्नबाट रोक लगाएको छ। 


प्रकाशित : आइतबार, साउन २७ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend