शनिबार, असोज ५ गते २०८१    
images
images

मन्त्री-सचिवहरूको संयुक्त बैठकमा प्रधानमन्त्रीले भने - विकासनिर्माणको काम जनअपेक्षाअनुसार छिटो गर्नुस्

images
बुधबार, पुस २१ २०७८
images
images
मन्त्री-सचिवहरूको संयुक्त बैठकमा प्रधानमन्त्रीले भने - विकासनिर्माणको काम जनअपेक्षाअनुसार छिटो गर्नुस्

प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जनसेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउँदै विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न निर्देशन दिए।

images
images

काठमाडौं- मन्त्री-सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्। 

images
images
images

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्। 

उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरूलाई सचेत गराउनु भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘प्रधानमन्त्रीजीले मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने जुन सेवा, सुविधाहरू छन्, त्यसलाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउनका निमित्त सबै मन्त्री, सबै सचिवहरूलाई निर्देशन दिनु भएको छ। बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउनु भयो। समग्रतामा प्रधानमन्त्रीजीले मुलुकको अपेक्षा र जनताको अपेक्षा अनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनु भयो’ मन्त्री कार्कीले भने। 

images

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। यता, प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउँदै विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न भनेका थिए। 

यस्तो छ प्रधानमन्त्रीको निर्देशन

१. जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरूलाई चुस्ताव बनाउने। 

२. अत्यावस्यक सेवाहरू जनताको घर दैलोमो पुयाउने सरकारको दायित्व भएकाले सो अनुसार काम गर्ने।  

३. विकास निर्माणका परियोजनाहरूको गति बढाउनका लागि आवस्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्ने। 

४. कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रवन्ध प्रभावकारी रुपमा अघि बढाउने। 

५. कर्मचारीको क्षमता बृद्धि गरेर विकास आयोजनाहरूको कार्यन्वयन पक्षलाई चुस्त बनाउने। 

६. राष्ट्रिय गौरवका आयोजनाहरूको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र बनाउने। 

७. सम्भावित लगानीका क्षेत्रहरू पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरू अघि बढाउने। 

८. स्वादेशी र विदेशी लगानीकर्ताहरूलाई लगानीमा प्रत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बडाउने। 

९. जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउने।


प्रकाशित : बुधबार, पुस २१ २०७८१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend