शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

टुकुचामाथि बनाएको सडक भासिएपछि बालेनले भने - खोलामाथि घर र बाटो बनाउने होइन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २५ २०८१
images
टुकुचामाथि बनाएको सडक भासिएपछि बालेनले भने - खोलामाथि घर र बाटो बनाउने होइन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले मान्छेको आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनुपर्ने भए पनि खोलामाथि घर र बाटो बनाउन नहुने बताएका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यालय कमलादीनजिकै टुकुचा खोलामाथि बनाइएको सडक भासिँदा बिहीबार रातीदेखि सवारी आवागमन रोकिएको छ। महानगरको कार्यालय काठमाडौं प्लाजादेखि उत्तरतर्फ एकतर्फी बनाइएको सडक भासिएको हो। 

images
images
images

टुकुचामाथि बनाएको सडक भासिएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मान्छेको आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनुपर्ने भए पनि खोलामाथि घर र बाटो बनाउन नहुने बताएका छन्। 

images
images

सडक भासिएको भिडियोसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'यो टुकुचामाथिको बाटो हो। अझै केही घरहरू यसरी नै टुकुचामाथि रहेका छन्। काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुला गर्न टुकुचा खोल्ने काम सुरु गरेका थियौँ। अदालती कारणले केही रोकिन परेको थियो।'

images
images

अदालतको आदेशपछि आफूहरूले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानूनबमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको जनाउँदै उनले लेखेका छन्, 'सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ। यसपश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ।'


प्रकाशित : शुक्रबार, साउन २५ २०८११२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend