मंगलबार, असोज १५ गते २०८१    
images
images

गभर्नर अधिकारीसँग तीन पूर्वअर्थमन्त्री असन्तुष्ट, राजनीति गरेको आरोप

images
शुक्रबार, साउन २५ २०८१
images
images
गभर्नर अधिकारीसँग तीन पूर्वअर्थमन्त्री असन्तुष्ट, राजनीति गरेको आरोप

आफ्नो कार्यकालको अधिकांश समय अधिकारीले सरकारसँग टसलमै बिताएका छन्। २०७६ सालको अन्तिममा नियुक्ति पाएका अधिकारीले २०७७/७८ मा पहिलो मौद्रिक नीति ल्याएका थिए।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग तीनजना पूर्वअर्थमन्त्रीले एकसाथ असन्तोष प्रकट गरेका छन्।

images
images
images

चालु आर्थिक वर्षको मौद्रिक नीति आएपछि पूर्व अर्थमन्त्रीहरूले एकसाथ गरभर्नर अधिकारीप्रति कटाक्ष गर्दै आफ्नो धारणा राखेका छन्। सार्वजनिक रुपमै उनीहरूले राष्ट्र बैंक र त्यसको नेतृत्वमा रहने गभर्नरले निष्पक्ष र व्यावसायिक व्यवहार नदेखाएको आरोप लगाएका हुन्।

मौद्रिक नीति आएकै दिन पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै गभर्नर अधिकारप्रति कटाक्ष गरेका थिए। 

images

शर्मा अर्थमन्त्री हुँदा बढिरहेको सेयर बजारमाथि लगाम लगाउन भन्दै राष्ट्र बैंकले सेयर धितो कर्जामाथि क्याप लगाइदिएको थियो। सो क्यापका कारणले सेयर बजार सुस्ताएको थियो। त्यतिबेला शर्माले क्याप हटाउन अधिकारीमाथि दबाब बनाएका थिए। तर अधिकारी आफ्नो नीतिबाट टसमस भएका थिएनन्। 

images

तर चालु वर्षको मौद्रिक नीतिबाट अधिकारीले संस्थागत लगानीकर्ताका लागि लागेको क्याप हटाइदिएका थिए। सोहीलक्षित गर्दै शर्माले ‘विज्ञताको मर्म बुझेँ’ भन्दै कटाक्ष गरेका थिए। 

आफू अर्थमन्त्री हुँदा विज्ञता र सिद्धान्तको लेपन लगाएर राष्ट्र बैंकले नियतबस नीतिगत व्यवस्था गरेको यसअघि नै शर्माले आरोप लगाउँदै आएका थिए। गभर्नर अधिकारीलाई निलम्बनसमेत गरेका शर्माले अहिले पनि असन्तोष व्यक्त गरेका छन्। 

शर्मामात्र होइन उनीपछि अर्थमन्त्री बनेका कांग्रेस नेता डा. प्रकाशशरण महतले पनि अधिकारीप्रति असन्तोष व्यक्त गरेका छन्। आफू अर्थमन्त्री हुँदा प्रणालीलाई सन्तुलनमा राख्नका लागि भन्दै कसिलो नीतिको निरन्तरता दिएको तर अहिले आएर आफ्नो विचारसँग मिल्ने अर्थमन्त्री आउनेवित्तिकै अस्वभाविक रुपमा खुला गरिएको भन्दै उनले आलोचना गरेका छन्। 

संसदीय समितिमा बोल्दै उनले गभर्नर र अर्थमन्त्रीको ट्युनिङ मिलेकाले पनि खुकुलो नीति आएको बताएका छन्। 

महत अर्थमन्त्री हुँदा गभर्नरबाट सहयोग पाउनका लागि भन्दै आफ्नो व्यक्तिगत स्वभाव विपरीत गएर भएपनि निकै नरम भएका थिए। गभर्नरलाई फकाएर सहयोग लिन खोजे पनि उनले चाहेजस्तो सहायता भने पाउन सकेनन्। 

गभर्नर अधिकारीले राष्ट्र बैंकमा बसेर राजनीति गरेको निकटस्थहरूलाई ‍सुनाउँथे। 

शर्मा र महतको तुलनामा अधिकारीको सम्बन्ध वर्षमान पुनसँग भने राम्रो थियो। निवर्तमान अर्थमन्त्री पुनसँग उनको व्यक्तिगत रुपमा राम्रो सम्बन्ध थियो। अधिकारीलाई निलम्बन गर्दा पुनले खुलेर विरोध गरेका थिए भने अधिकारीको पक्षमा लविङ नै गरेका थिए।

यति हुँदा पनि पुनले चाहेजस्तो सहयोग पाएनन्। कम्तिमा तेस्रो त्रैमासिक समीक्षाबाट अलि खुकुलो नियमनको अपेक्षा गरेका पुनले त्यो पाउन सकेनन्। 

चालु वर्षको मौद्रिक नीति आएपछि भने उनले अहिले राजनीतिक रुपमा गभर्नर र अर्थमन्त्री मिल्दा खुकुलो नीति आएको टिप्पणी गरेका छन्। 

अर्थमन्त्रीसँगको टसलमै बित्यो अधिकारीको कार्यकाल

राष्ट्र बैंककै क्याडर अधिकारीको गभर्नरको कार्यकालको अन्तिम वर्ष यही हो। उनले अन्तिम मौद्रिक नीति ल्याइसकेका छन्। यदि सरकारले उनलाई पुनर्नियुक्ति गरेन भने उनी चैतमा बिदा हुनेछन्। 

आफ्नो कार्यकालको अधिकांश समय अधिकारीले सरकारसँग टसलमै बिताएका छन्। २०७६ सालको अन्तिममा नियुक्ति पाएका अधिकारीले २०७७/७८ मा पहिलो मौद्रिक नीति ल्याएका थिए। युवराज खतिवडाले ल्याएको बजेट र त्यसपछि पनि विष्णु पौडेल अर्थमन्त्री भएकाले उनलाई त्यतिबेला सहज भयो। पहिलो मौद्रिक नीति अनुकूलतामै ल्याएका अधिकारीलाई दोस्रो मौद्रिक नीति निकै सकसपूर्ण भयो। 

सरकार फेरिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री भए। सुरूमा शर्माकै सल्लाह र सुझावमा मौद्रिक नीति डोर्‍याएपनि मध्यतिर गएर निकै टकराब भयो। विदेशी मुद्राको सञ्चितिमा तीव्र गिरावट भएपछि राष्ट्र बैंकले कडाइ गरेको थियो भने शर्माले सुरूमा स्रोत खोल्न दबाब दिए पनि संकट आएपछि उल्टो राष्ट्र बैंकलाई नै दोष दिए। 

त्यसपछि सम्बन्ध यति खराब भयो कि निलम्बनको निर्णयसम्म भयो। तर अदालतको आदेशबाट अधिकारी राष्ट्र बैंकमा फर्किए।

तेस्रो मौद्रिक नीतिको समयमा पनि शर्मा नै अर्थमन्त्री थिए र अधिकारीले निकै कडा नीतिको निरन्तरता गराइदिए। जसको विरुद्धमा व्यवसायीले सरकारसमक्ष निरन्तर सिकायत गरे। अवस्था यस्तोसम्म भयो कि अर्थमन्त्रीदेखि दलका कार्यकर्ताले राष्ट्र बैंकविरुद्ध खुलमखुल्ला बोल्थे। 

चौथो नीति अर्थात् गत वर्षको नीति ल्याउँदा कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री थिए। महत अर्थमन्त्री हुँदा पनि अधिकारीको सम्बन्ध त्यति सुमधुर हुन सकेन। ठीकठाकको सम्बन्ध भएपनि त्यति सौहार्द भएन। 

बीचमा माओवादी नेता वर्षमान पुन अर्थमन्त्री हुँदा अधिकारीको सम्बन्ध निकै राम्रो भएपनि त्यसको प्रभाव नीतिगत क्षेत्रमा त्यति धेरै परेन।


प्रकाशित : शुक्रबार, साउन २५ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend