शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पर्सामा घरेलु तथा साना उद्योगमा बढ्दै छन् महिला उद्यमी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २५ २०८१
images
पर्सामा घरेलु तथा साना उद्योगमा बढ्दै छन् महिला उद्यमी

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंह छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउँछन्।

images
images

पर्सा- पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ। घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३ सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन्। सोही आवमा पुरुषका नाममा ५ सय ४४ उद्योग दर्ता भएका छन्। गत आवमा जम्मा ८ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन्।

images
images
images

सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंह छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउँछन्।

images
images

'विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन। अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ', उनले भने। अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ।

images
images

कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए। सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन्।

गत आवमा दर्ता भएका नयाँ उद्योगले चार हजार सात सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ। त्यसमध्ये तीन हजार चार सय ५५ पुरुष र एक हजार दुई सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ। कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ८० लाख १२ हजार एक सय ५० राजस्व आम्दानी गरेको छ।

कार्यालयले आव २०७९/८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ। त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता छ।

कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट एक करोड ६ लाख ३९ हजार राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, साउन २५ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend