बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

लामो समयपछि गण्डक नहरमा पूर्ण क्षमतामा पानी

images
बिहीबार , साउन २४ २०८१
images
images
लामो समयपछि गण्डक नहरमा पूर्ण क्षमतामा पानी

अहिलेसम्म गण्डक नहरमा पूर्ण क्षमतामा पानी बगिरहेको र यसलाई धानबाली नहुर्कँदासम्म निरन्तरता दिइने उनले जानकारी दिए।

images
images

पर्सा- लामो समयको पर्खाइपछि यसवर्ष रोपाइँको सिजन सुरु भएदेखि नै गण्डक नहरमा पूर्ण क्षमतामा पानी छाडिएको छ।

images
images
images

हरेक वर्ष असार १५ पछि साढे ४ सय क्युसेक पानी नहरमा छाड्दै आएको भारतीय पक्षले यसपालि दुई दिनअगावै असार १३ गतेदेखि निरन्तर साढे ६ सय क्युसेक पानी छाडेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश कुमार साहले जानकारी दिए।

भारतीय पक्षले गण्डक नहरमा पानीको मात्रा बढाएको र त्यसमा तिलाबे ब्यारेजबाट निस्केको थप २ सय क्युसेक पानी मिसाएपछि साढे ८ सय क्युसेक क्षमता भएको गण्डक नहरमा पूर्ण क्षमतामा पानी बगेको इन्जिनियर साहले जानकारी दिए। 

images

‘विगतमा असार १५ पछि ढिलो गरेर नहरमा भारतीय पक्षले पानी छाड्दै आएको थियो,’ उनले भने, ‘यसपालि चाहीँ रोपाइँ सुरु हुने बेलामै पानी छाड्यो।’ समयमा गण्डक नहरमा पानी छाड्न नेपाली पक्षबाट भएको निरन्तर पहल र विभिन्न दबाबमुलक बैठकका कारण समयमा पानी ल्याउन सकिएको उनको भनाइ छ ।

images

धानखेतीको समयमा नहरमा पानी छाड्न असार अगाडि नै भारतीय सिचाइँ विभागकका अधिकारीहरुको टोलीसँग गण्डक नहरको अनुगमन गराएर किसानको माग सम्बोधन गर्न पहल गरिएको थियो। 

स्थानीय सञ्चारकर्मीले पनि समयमा पानी ल्याउन दबाबमुलक समाचार प्रकाशन प्रसारण गरेर सहयोग पुर्‍याएपछि आफूहरुले यो सफलता पाएको इन्जिनियर साहले बताए। उनका अनुसार विगतमा गण्डक नहरमा पानीको मात्रा बढाउनै सकिएको थिएन। धेरैपछि यसपालि भारतीय पक्षले पानीको मात्रा बढाएर नहरमा खेतीयोग्य पानी छाडेको हो।

अहिले रोपाइँको अन्तिम समय छ। गण्डक नहरबाट सिञ्चित हुने क्षेत्रका किसानले समय समयमा भएको वर्षा र गण्डक नहरमा छाडिएको पर्याप्त पानीको भरपुर सदुपयोग गरी समेयमै धान रोप्न पाएको उनले बताए।

समयमै सिचाइँ सुविधा पुगेकै कारण खेतीका लागि गण्डकको भर पर्नुपर्ने किसानले शतप्रतिशत रोपाइँ गर्न सफल भएका छन्। ‘पर्सा र बारामा शतप्रतिशत रोपाइँ समयमै सकिएको छ,’ उनले भने, ‘रौतहटमा चाहीँ ९९ सय प्रतिशत रोपाइँ सकिएको छ।’

बाँकी रहेको थोरै क्षेत्रमा २/४ दिनमै रौतहटमा पनि शतप्रतिशत रोपाइँ हुने इन्जिनियर साहको भनाइ छ। अहिलेसम्म गण्डक नहरमा पूर्ण क्षमतामा पानी बगिरहेको र यसलाई धानबाली नहुर्कँदासम्म निरन्तरता दिइने उनले जानकारी दिए। 

गण्डक नहरमामा उपलब्ध पानी र नियमित आकाशे वर्षाको कारण यसवर्ष नहर सिञ्चित क्षेत्रमा साउनको तेस्रो सातासम्म शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको उनको भनाइ छ ।

हाल गण्डक नहरमा भारतबाट प्राप्त तथा तिलाबे ब्यारेजबाट थपिएको समेत गरी ८ सय ५० क्युसेक पानी उपलब्ध रहेकाले किसानले समयमै रोपाइँ गर्न पाएका हुन्। यसवर्ष समयमै नहरमा पानी उपलब्ध भएको तथा वर्षा पनि नियमितरुपमा भइरहेकाले किसानले रोपाइँ सिजनको सुरुवातमै रोपाइँ गर्न सकेको बताए।

‘यसवर्ष नहरमा असार १३ यता नियमितरुपमा भारतीय पक्षले पानीले दिएको छ, हाल भारतीय पक्षले ६ सयदेखि ६ सय ५० क्युसेक पानी दिएको छ, कार्यालय मातहतको पर्सा जिल्लास्थित तिलाबे ब्यारेजबाट थप २ सयदेखि २ सय ५० क्युसेक पानी नहरमा झारिएको छ,’ उनले भने, ‘नहरमा पर्याप्त पानी उपलब्ध भएकाले नरहको ब्लक नम्बर १४ अर्थात रौतहटको बंकुलभन्दा अगाडिसम्म पानी पुगेको छ।’

यसवर्ष भारतीय पक्षले माग भएजति पानी दिइरहेकाले किसानको माग धान्न समस्या नभएको साह बताउँछन्।

नवलपरासीस्थित नेपाल भारत सीमामा रहेको गण्डक ब्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी ३ वटा नहर निस्किएका छन्। दोन नहर भारतमै ९२ किमी यात्रा गरेर पर्साको जगरनाथपुर गाउपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ। नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ।  

वर्षेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा पानी दिने गर्छ। सम्झौताअनुसार नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनुपर्छ। पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किलोमिटर रहेको छ।  

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो। गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भए पनि रौतहटको मध्य भागसम्म पानी भने प्रायः पुग्दैन।

मुल नहरको १४ नम्बर ब्लकसम्म यसपालि पानी पुर्‍याइए पनि सहायक नहर प्रणाली विस्तार नहुँदा सबै किसानसम्म नहरको पानी पुर्‍याउन नसकिएको इन्जिनियर साहको भनाइ छ।

स्थानीय पालिकाले थप बजेको व्यवस्थापन गरेर नहर प्रणाली विस्तारमा सहयोग पुर्‍याउनु पर्नेमा सरोकारवालाको जोड छ।    


प्रकाशित : बिहीबार , साउन २४ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend