बुधबार, मंसिर १९ गते २०८१    
images
images

चल्ने भयो जनकपुर-जयनगर रेल

प्रधानमन्त्रीको भारत भ्रमणले मिति तय गर्ने

images
बुधबार, पुस २१ २०७८
images
images
चल्ने भयो जनकपुर-जयनगर रेल
images
images

काठमाडौं- जनकपुर-जयनगरमा चलाउन भारतसँग खरिद गरिएको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ। गएको वर्ष असोजमा किनेदेखि नै पार्किङमा राखिएकाले सञ्चालनपूर्व मर्मत गर्नुपर्ने अवस्थामा पुगिसकेको रेल अब चल्ने आश देखिएको छ। 

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको जनाएको छ। मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ।

images

सरकारले जीटूजी प्रक्रियाबाट दुई वटा रेल ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतको कोंकण रेल्वे कर्पोरेसन लिमिटेडसँग किनेर ल्याएको थियो। एक वर्षअघि ठूलो तामझामका साथ ल्याइएको जनकपुर-जयनगर गुड्ने रेलको एक वर्षे वारेन्टी गत असोज ३ मा सकिइसकेको छ। 

images

गएको मंसिरमा रेल अध्यादेश जारी भएसँगै रेल सञ्चालनका लागि बाटो खुलेको थियो। यसअघि केपी ओली सरकारले ल्याएको रेल अध्यादेश २०७७ अस्वीकृत भएको थियो। अध्यादेश अस्वीकृत भएसँगै रेल रञ्चालनमा अड्चन आएको थियो। रेल सञ्चालनमा रहेको अड्चन फुवाउनकै लागि भनेर अहिले सरकारले रेल अध्यादेश जारी गरेको हो।

तत्कालीन केपी ओली सरकारले रेल सञ्चालनका लागि चाहिने कानूननै नबनाइ रेल खरिद गरेको थियो। रेल आएको केही महिनापछि अध्यादेश त ल्यायो तर त्यसपछिको प्रक्रिया गर्दागर्दै सरकार नै ढल्यो। केपी ओली सरकार बहिर्गमन भएसँगै शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो।

भारतबाट रेल आएपछि सरकारले उद्घाटन त गर्‍यो तर कानून नबनाउँदा उद्घाटन गरिएको रेललाई त्रिपालले छोपेर राखियो। लामो समय भइसकेकाले रेल छोपिएको त्रिपालसमेत च्यातचुत भइसकेको छ।  

धनुषाको इनर्वा स्टेशनमा लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीब्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने बताइन्। 

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर-जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए। उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परिक्षण भइरहेको पनि बताए।

रेल सञ्चालनमा आए तत्काल दैनिक कम्तिमा ५ हजार यात्रुले यात्रा गर्न पाउने अध्ययनले देखाएको छ। 

रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र रेल खरिदका लागि सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी खर्चिसकेको छ। भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड रुपैयाँ लगानीमा रेलको ट्रयाकसहित पूर्वाधार निर्माण गरिएको हो। 


प्रकाशित : बुधबार, पुस २१ २०७८१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend