मंगलबार, असोज १५ गते २०८१    
images
images

‘वन्यजन्तुलाई वनभित्रै आहारा व्यवस्थापन गर्न फलफूल जंगल’

images
बिहीबार , साउन २४ २०८१
images
images
‘वन्यजन्तुलाई वनभित्रै आहारा व्यवस्थापन गर्न फलफूल जंगल’

पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व संकटमा पर्ने भएकाले पर्यावरण संरक्षणमा उनले जोड दिइन्।

images
images

झापा- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जंगलको अवधारणा अघि सारेको बताएकी छिन्।

images
images
images

झापाको अर्जुनधारामा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यो वर्षदेखि फलफूल जंगल (फ्रुट फरेष्ट)को अवधारणाका लागि मन्त्रालयले बजेटसमेत छुट्याएको जानकारी दिइन्। उनले भनिन्, 'वन क्षेत्रका वन्यजन्तुलाई वनभित्रै आहार व्यवस्थापन गर्ने सोचका साथ यो अवधारणा अघि सारिएको हो।'

वन जंगलमा पाइने विशेष प्रकृतिका फलफूल संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन्। वनमा आश्रित पशुपक्षीको आहारा व्यवस्थापनका लागि यसै वर्षदेखि सुरु गरेको पशुपक्षी बास बगैँचा कार्यक्रमको प्रशंसा गर्दै उनले भनिन्, 'मान्छेले मात्र होइन, सबै पशुपक्षीले खान पाउनुपर्छ।'

images

पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व संकटमा पर्ने भएकाले पर्यावरण संरक्षणमा उनले जोड दिइन्।

images

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा चराचुरुंगीले आसपासका किसानले लगाएको बालीमा क्षति पुर्‍याउँदै आएकाले सोको न्यूनीकरण गर्न सामुदायिक वनमा पशुपक्षीमैत्री बिरुवा रोप्ने अभियान सुरु गरिएको बताए।

'पशुपक्षी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ', उनले भने, 'पशुपक्षीलाई वनभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौँ।' पशुपक्षी बास बगैँचा कार्यक्रमका लागि नगरले १० लाख रूपैयाँ बजेट छुट्याएको उनले बताए।

वन परिसरभित्र उपसभामुख राना, रौतहट-४ का सांसद देवप्रसाद तिम्सिना, नगरप्रमुख गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईँलगायतले वृक्षरोपण गरेका थिए।

नगरको ‘पशुपक्षी बास-बगैँचा कार्यक्रम’ का लागि नेपाली सेनाको अरिदमन गणले अमला, तित्री, हर्रो, बर्रो, अम्बक, लिच्ची र जामुनको दुई हजार बोट बिरुवा प्रदान गरेको छ। नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend