शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर छ : पर्यटनमन्त्री पाण्डे

images
बिहीबार , साउन २४ २०८१
images
हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर छ : पर्यटनमन्त्री पाण्डे

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीररुपमा लिएको बताए।

images
images

काठमाडौं- पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका छन्।

images
images
images

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीररुपमा लिएको उनले बताए।

images
images

आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले आज दुर्घटनास्थलको अवलोकन गरेको जानकारी दिँदै उनले मौसम अनुकूल नभएर पुनः काठमाडौं फर्कन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताए।

images
images

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले बुधबार नै नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे।

उनले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए। हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनको भनाइ छ। प्राधिकरणका महानिर्देशका प्रदीप अधिकारीले मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend