शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

निस्कोटका तीनवटा बस्तीका १३४ घर विद्युतीकरण

images
बिहीबार , साउन २४ २०८१
images
निस्कोटका तीनवटा बस्तीका १३४ घर विद्युतीकरण

यसअघि त्यहाँका बासिन्दालेरुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए।

images
images

म्याग्दी- मालिका गाउँपालिका-१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन्। पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो।

images
images
images

मालिका गाउँपालिका-१ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले काम थालेको ६ वर्षपछि बत्ती बालिएको बताए। उनले भने, 'घोर्सी, छिसका ५७, साङबोट, खहरे, बातासेका ६४ र कोदालीबाङका १३ घरमा वर्षौँको प्रयासपछि बत्ती बलेको छ।'

images
images

मालिका-१ का चार सय ६८ का सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको वडाध्यक्ष पुनले बताए। यसअघि त्यहाँका बासिन्दालेरुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए।

images
images

नेपाल विद्युत् प्राधिकण म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिकाको वडा नं १, २, ३ र ४ वडाका पाँच सय ५० घरमा हालै विद्युतीकरण गरिएको जानकारी दिए।

आव २०८०/८१ मा एक हजार चार सय ३८ उपभोक्ता थपिएका छन्। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend