शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

१० लाख रुपैयाँ खर्चेर पञ्चायत घर जीर्णोद्धार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २४ २०८१
images
१० लाख रुपैयाँ खर्चेर पञ्चायत घर जीर्णोद्धार

तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो।

images
images

बागलुङ- तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर १० लाख रुपैयाँ खर्चेर जीर्णोद्धार गरेको छ। स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो । 

images
images
images

तमानखोला  गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको १० लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर-३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ। 

images
images

वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताए। 

images
images

पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो। तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो।  रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend