शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

images
बुधबार, साउन २३ २०८१
images
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको हो।

images
images

जुम्ला- अविरल वर्षासँगै हिजो राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। 

images
images
images

सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

images
images

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए।

images
images

गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend