काठमाडौं- सरकारले काठमाडौं उपत्यकाभित्र रहेका विपन्न नागरिकलाई सस्तो र सुलभ दरमा खाना खुवाउने व्यवस्था गर्ने भएको छ।
प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेस गर्दै यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
यसका लागि विभिन्न संघसंस्थाका सहयोगमा उपत्यकाको १० ठाउँ खानाको व्यवस्था गरिने उनले बताए।