मंगलबार, असोज १५ गते २०८१    
images
images

कमला पुल पुनःनिर्माणमा दबाब दिन आन्दोलनको घोषणा

images
बुधबार, साउन २३ २०८१
images
images
कमला पुल पुनःनिर्माणमा दबाब दिन आन्दोलनको घोषणा

संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मंगलबार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो। उक्त छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय गरेको हो।

images
images

सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनःनिर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरुले आन्दोलन घोषणा गरेका छन्। सिरहाका इन्जिनियरहरुको अगुवाइमा गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन्।

images
images
images

संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मंगलबार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो। उक्त छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय गरेको हो। जसअन्तर्गत भोलि बिहीबार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ।

आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने संघर्ष समितिले जनाएको छ। पुल पुनःनिर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम गरिने समितिका संयोजक यादवले बताए।

images

मधेसको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान  सास्ती भोग्दै आएका छन्। बाढी आएको समयमा तीन गुणा बढी दुरी पार गरेर मात्र जनकपुर आवतजावत गर्नुपर्ने बाध्यता छ।

images

प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ। करिब १३ वर्षअघि निर्माण सम्पन्न भइ उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो। उक्त पुल अझै पुनः निर्माण हुन नसकेको हो।

केही दिनअघि मात्रै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए। मुख्यमन्त्री सिंहले मधेसको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend