शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

तीन दिन लगातार बढेको सेयर बजार चौथो दिन ओरालो, अझै सकिएन उतारचढाव

images
बुधबार, पुस २१ २०७८
images
तीन दिन लगातार बढेको सेयर बजार चौथो दिन ओरालो, अझै सकिएन उतारचढाव
images
images

काठमाडौं- यो साताको सेयर बजारमा कारोबारका तीन दिन लगातार बढेको बजार चौथो दिन बुधबार भने घटेको छ। बुधबार ३०.७५ अंकले घटेर बजार २६४९.२० बिन्दुमा झरेको हो। 

images
images
images

यसअघि आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको थियो। गएको साता ४ अंकले मात्रै बढेको बजारमा यो साताको तीन दिनमा गरेर १५५.४५ अंकको सुधार देखिएको थियो। तर बुधबारको अवस्थाले अझै बजारमा उतारचढावको स्थिति नसकिने देखिएको छ। 

images
images

बुधबार ९५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ। बुधबार ५२ कम्पनिको मात्र सेयर मूल्य बढ्दा १३४ कम्पनीको मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन। 

images
images

तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयमा अन्योल भइरहँदा बजारको उतारचढाव अझै केही दिन रहने विश्लेषकहरू बताउँछन्। यो साताको तीन दिनको सुधारले बजारले गति लिने संकेत देखाए पनि नयाँ ट्रेन्ड समात्न भने समय लाग्ने भएको हो। 

नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै बजारमा सुधार देखिन थालेको सुधार स्थायी हुन समय लाग्नेछ। उतारचढावबाट माथि जानका लागि सेयरबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। 

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेर अहिले सुधार देखिन थालेकाले अब विस्तारै बढ्ने बताइरहेका छन्। माघ लागेपछि अहिलेको गति अझ बढ्ने उनीहरूको विश्लेषण छ। त्यसका लागि दुई साता पर्ख र हेरकै अवस्था रहने देखिन्छ। 

बजारमा देखिएको उतारचढावलाई सेयर विश्लेषकहरूले बजारमा करेक्सन हुने क्रम रहिरहेको बताएका छन्। केही सय अंक बढेपछि केही अंक घट्नु स्वभाविक भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, पुस २१ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend