शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

images
बुधबार, साउन २३ २०८१
images
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन्।

images
images

जुम्ला- पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो। 

images
images
images

शुभकालिका-१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

images
images

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन्। गगनेखोलामा ठूलो ढुंगासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ।  बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए।

images
images

'सबैभन्दा ठूलो ढुंगासहितको पहिरो गगनेखोलामा आएको छ। चार-पाँच किमीको दुरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा अएको छ। गगनेखोलाको ढुंगालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ', उनले भने।

गगने खोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन्।

खसेको ढुंगा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए। गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend