शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

images
बुधबार, साउन २३ २०८१
images
विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई मात्रै दुई लाख रूपैयाँका दरले तीन करोड रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।

images
images

सुर्खेत- कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रूपैयाँ रकम उपलब्ध गराएको छ।

images
images
images

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी-पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्‌बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो।

images
images

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाख रूपैयाँका दरले तीन करोड रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए।

images
images

यसैगरी, भूकम्पबाहेक अन्य विपद्‌मा परी मृत्यु भएका २० जनाको परिवारलाई ४० लाख रूपैयाँ रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ। कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए।

'अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ जनामध्ये तीनजनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ', उनले भने, 'अन्य विपद्‌मा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ।'

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विपद्‌बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भूकम्पमा परि मृत्यु भएको छ। अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो ।

प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्‌बाट मृत्यु भएका परिवारका लागि दुई लाख रूपैयाँ र आवास बीमाअन्तर्गत पाँच लाख रूपैयाँ उपलब्ध गराउने उल्लेख छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend