बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण

images
बुधबार, साउन २३ २०८१
images
images
धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण

निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण बनेको छ।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल-खावा र भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण भएको हो।

images
images

गत चैत १९ गतेभित्रमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सडक विभागसँग सम्झौता गरेको निर्माण कम्पनीले धुलिखेल-खावा सडकमा हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन।

images
images

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले धुलिखेलबाट पकुचासम्मको दुई किलोमिटर कटिङ, पानीको निकासका निम्ति नाला निर्माण, सवबेस र बेस गर्ने काम सकेर कालोपत्र गर्ने अवस्थामा पुर्‍याए पनि वर्षाका कारण कालोपत्र हुन नसकेको बताए।

images
images
images

वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलबाट खावासम्मको सडकमा क्षति भएपछि दुई साता उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। ती सवारीको भारलाई दृष्टिगत गर्दै ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस बनाएर कालोपत्र गर्ने योजना रहेको उनले सुनाए।

यसैबीच, दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सम्झौता भएको भकुण्डे-तेमाल-मेच्छे सडकखण्डको ठेक्काको म्याद यही साउन १५ गते समाप्त भएको छ। हालसम्म २५ प्रतिशत मात्र काम भएको छ।

निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका-४ भकुण्डेबाट वडा नं ५ को डुँडेपौवासम्म  सात किलोमिटर र तेमाल गाउँपालिका-५ याङ्वेलबाट वडा नं ७ चापाखोरीसम्म साढे छ किलोमिटर सडकमा नाला, बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने सम्झौता गरेको थियो। यो सडकखण्डको यात्रा पनि कष्टकर भएको छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend