शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

५५ वर्षदेखि सारंगी रेट्दै रामबहादुर, यसैबाट पालिएका छन् परिवार

images
बुधबार, साउन २३ २०८१
images
५५ वर्षदेखि सारंगी रेट्दै रामबहादुर, यसैबाट पालिएका छन् परिवार

गन्धर्व समुदायमा सारंगी बजाउने पेसा बिस्तारै लोप हुन थालेको समयमा रामबहादुरले भने विगतदेखि नै निरन्तरता दिइरहेका छन्।

images
images

गण्डकी- पाँच वर्षको उमेरदेखि बुवा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्। पोखरा महानगरपालिका-३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे। उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन्। गन्धर्व समुदायमा सारंगी बजाउने पेसा बिस्तारै लोप हुन थालेको बेला उनले निरन्तरता दिइरहेका हुन्।

images
images
images

पितापुर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उनले बताए। 'गन्धर्व जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराइसकेको छ', उनले भने, 'पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन।'

images
images

परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी र्‍याइँ-र्‍याइँ सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्धर्व जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो। पुर्ख्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो।

images
images

पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन। गन्धर्वहरु सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे। यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो।

बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुवाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे।

गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गरे। आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उनी बताउँछन्। सारंगीलाई गन्धर्व समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उनले भने, 'गन्धर्व समुदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्धर्व पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्दै आएका छन्।'

जीवनको सर्वस्व नै सारंगी भएको बताउँदै उनले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताए। 'यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो', उनले भने, 'त्यस समयमा गन्धर्वहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ।'

बाँकी जीवन यही पेसामा समर्पित गर्ने उनको रहर छ। नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend