शनिबार, असोज ५ गते २०८१    
images
images

मुख्यमन्त्री रोजगार कार्यक्रम : काम लगाएर ज्याला नदिएपछि वडा कार्यालयमा तालाबन्दी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २१ २०७८
images
images
मुख्यमन्त्री रोजगार कार्यक्रम : काम लगाएर ज्याला नदिएपछि वडा कार्यालयमा तालाबन्दी

कामको ज्याला नदिएपछि ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालय पुगेका हुन्।

images
images

मान्म- कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदूरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। 

images
images
images

गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन्। मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए। प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए। 

उनले आफूहरूलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए। उनले भने 'ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौँ।'

ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालय पुगेका थिए। रासस 

images


प्रकाशित : बुधबार, पुस २१ २०७८०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend