शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

हुलाकी सडकमा पेडारी खोलाको बाढी पसेपछि सवारी आवागमनमा समस्या

images
बुधबार, साउन २३ २०८१
images
हुलाकी सडकमा पेडारी खोलाको बाढी पसेपछि सवारी आवागमनमा समस्या

सामान्य पानी सहजै बग्ने गरेपनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारि-पारि सडकमाथिबाट बग्ने गरेको स्थानीय बताउँछन्।

images
images

राँझा- बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारीसाधन आवागमनमा समस्या भएको छ। बर्सातमा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्ज-गुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनि सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ।

images
images
images

खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमै रहेको पेडारी नालामा रहेको पुलको निकास साँघुरो भएका कारण खोलामा आएको बाढी सडकबाट बगिरहेको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिए।

images
images

'ठूलो बाढी आउनासाथ सडकबाटै बाढी बग्ने गरेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछन्', उनले भने, 'बर्सातको समयमा मात्र चर्चामा आउने खोलाको चाप र पानीको सतह वृद्धि हुनासाथ साना सवारीसाधन र पैदल यात्रीलाई आवतजावतमा सास्ती भएको छ।'

images
images

निर्वाचनको बेला चुनावी ‘एजेण्डा’ बन्ने गरेको पेडारी नालाको पुल अरु बेला चर्चामै नआउने गरेको उल्लेख गर्दै उनले भने, 'पेडारीनालामा अचानक आउने बाढीले खजुरा क्षेत्रलगायत नेपालगञ्ज-गुलरिया सडकमा आवत जावत गर्ने सयौँ सर्वसाधारण पीडित हुने गरेका छन्।'

खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारी साधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन्। सामान्य पानी सहजै बग्ने गरेपनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारि-पारि सडकमाथिबाट बाढी बग्ने गरेको स्थानीय कृष्णविक्रम केसीले बताए।

वर्षेनि सडक वारपार गर्ने मोटरसाइकल बगाएर दुर्घटना हुने गरेका छन्। बर्सातको समयमा खोलामा बाढी आएपछि नेपालगञ्ज आवत जावतमा कठिनाई हुने गरेको उनको भनाइ छ। 

नेपालगञ्ज-गुलरिया हुलाकी चारलेन सडकमा पर्ने अन्य खोला नाला र कल्भर्ट विस्तार भइसके पनि पेडारी खोलामा एकतर्फी गाडी सञ्चालन हुने जीर्ण पुल विस्तार हुन सकेको छैन।

पुल विस्तार नहुँदासम्म बर्सातमा डुबानको समस्या कायमै रहने भएकोले जनताले सास्ती व्यहोर्नु परेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए। पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको छ। अग्लो पुल निर्माणका लागि प्रक्रिया अघि बढेको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend