मंगलबार, असोज १५ गते २०८१    
images
images

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या कायमै, अन्तरबैंक ब्याजदर घट्न नदिन ४० अर्ब खिच्दै राष्ट्र बैंक

images
बुधबार, साउन २३ २०८१
images
images
बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या कायमै, अन्तरबैंक ब्याजदर घट्न नदिन ४० अर्ब खिच्दै राष्ट्र बैंक
images
images

काठमाडौं- बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको समस्या समाधान गर्नका लागि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। 

images
images
images

राष्ट्र बैंकले सार्वजनिक गरेको बोलपत्रमा बैंक वित्तीय संस्थाहरूले आज बुधबार दिनको ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन दिन सक्ने छन्। उक्त निक्षेप संकलन उपकरण भदौ १२ गते परिपक्व भइ साँवाब्याज भक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। 

अर्थतन्त्रमा देखिएको शिथिलताले कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जा प्रवाह नबढेकाले बैंकिङ प्रणालीमा ६ खर्ब ५३ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ।

images

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको निक्षेप संकलन ६४ खर्ब ४२ अर्ब रहेको र कर्जा प्रवाह ५१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ। 
बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७८.४५ प्रतिशत रहेको छ। यस्तै औषत अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ। 

images

पछिल्लो समय बैंकहरूको कर्जाको औषत ब्याजदर घटेर एकल अंकनजिक आइपुगेको छ। विगतमा ब्याजदर घट्दा कर्जाको माग बढ्ने गरेको भएपनि पछिल्लो समय ब्याजदर घट्दा कर्जाको माग बढ्न सकेको छैन। 

कर्जाको माग नबढेकाले बैंक वित्तीय संस्थाहरूको खराब कर्जा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरूको औषत खराब कर्जा ३.५ प्रतिशतको हाराहारीमा रहेको छ। 

अर्थतन्त्रमा देखिएको शिथिलताले बैंक वित्तीय संस्थाहरूको वित्तीय विवरण नराम्रोसँग प्रभावित भएपछि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूको खराब कर्जा घटाउन र पुँजीकोषको समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले नियमनकारी नीतिलाई लचिलो बनाएको छ। 

यस्तै कर्जा विस्तार बढाउने गरी राष्ट्र बैंकले मौद्रिक नीतिलाई सजगतापूर्वक लचिलो बनाएको छ। 

ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ०.५ आधार बिन्दुले घटाउँदै ६.५ प्रतिशत, नीतिगत दर ०.५ प्रतिशतले घटाएर ५ प्रतिशत र नीतिगत दरलाई ३ प्रतिशतमै निरन्तरता दिएको छ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले हालको कर्जाको ब्याजदरलाई स्थायित्व प्रदान गर्दै कर्जा विस्तार गर्ने सन्देश बैंक वित्तीय संस्थालाई दिएको छ। 

यस्तै राष्ट्र बैंकले कर्जा विस्तार बढाउनेगरी कर्जा विस्तारको लक्ष्य गत आर्थिक वर्षको तुलनामा १ प्रतिशत बिन्दुले बढाएर १२.५ प्रतिशत कायम गरेको छ। 


प्रकाशित : बुधबार, साउन २३ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend