बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

भन्सार छली नेपाल भित्र्याइएको ४४ लाख मूल्यबराबरको कपडासहितको ट्रक नियन्त्रणमा

images
बुधबार, साउन २३ २०८१
images
images
भन्सार छली नेपाल भित्र्याइएको ४४ लाख मूल्यबराबरको कपडासहितको ट्रक नियन्त्रणमा

ट्रकमा लोड भएको कपडाको बीलबीजक व्यापारीले उपलब्ध नगराउँदा कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

images
images

पर्सा- भन्सार छली नेपाल भित्र्याइएको करिब ४४ लाख मूल्यबराबरको कपडासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

images
images

सामानसहित ट्रक नियन्त्रणमा लिएर अनुसन्धानको लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ।

images
images

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २४ बहुअरी चोकबाट कपडा लोड गरेको प्र. २-०३-००१ ख ५१३७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

images
images
images

नियन्त्रणमा लिइएको ट्रकमा ४३ लाख ९४ हजार ३ सय ३२ रुपैयाँ मूल्य बराबरको कपडा लोड भएको र उक्त कपडा अवैधरुपले नेपाल भित्रिएको जिप्रका पर्साका डिएसपी एवम् प्रवक्ता दिपक भारतीले जानकारी दिए। 

ट्रकमा लोड भएको कपडाको बीलबीजक व्यापारीले उपलब्ध नगराउँदा कानूनी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।


प्रकाशित : बुधबार, साउन २३ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend