काठमाडौं- सार्वजनिक पद धारण गरेका कर्मचारी तथा पदाधिकारीहरूले समयमै सम्पत्ति विवरण नबुझाएमा ५ हजार जरिवाना हुने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै विवरण नबुझाउने सार्वजनिक पद धारणकलाई यस्तो जरिवाना तिराउने भएको छ।
२०७९/८० को विवरण समयमै नबुझाउनेहरूलाई यस्तो जरिवाना तिराउने र त्यसका लागि संघीय राजस्व खातामा जम्मा गर्नुपर्ने भएको छ।
अख्तियारले राष्ट्र बैंक मार्फत् सरकारी कारोबार गर्ने बैंकहरूलाई यस्तो रकम जम्मा गर्ने राजस्व खाता तथा कार्यालय कोडसहितको विवरण उपलब्ध गराएको छ।
७७ वटै जिल्लामा रहेका सरकारी कारोबार गर्ने बैंकले यस्तो जरिवाना संकलन गर्नुपर्ने छ।