शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

सवा दुई लाख भारुसहित एक भारतीय पक्राउ

images
बुधबार, साउन २३ २०८१
images
images
सवा दुई लाख भारुसहित एक भारतीय पक्राउ

भारत बिहार मोतिहारी घोडासहन बस्ने २९ वर्षीय अनिल कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

images
images

पर्सा- पर्सा प्रहरीले वीरगञ्जबाट २ लाख १९ हजार भारुसहित एक भारतीयलाई पक्राउ गरेको छ।

images
images

वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चोकबाट भारतीय रुपैयाँ ५ सयको ४ सय ३८ वटा नोटसहित भारतको मोतिहारी घोडासहन बस्ने २९ वर्षीय अनिल कुमारलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

images
images

प्रहरी चौकी इनर्वाबाट नियमित चेकिङका क्रममा खटिएको प्रहरी टोलीले शंकास्पद देखिएपछि खानतलासी गर्दा अनिलको साथबाट नेपालमा प्रतिबन्धित भारतीय नोट बरामद गरेको थियो।

images
images

बरामद भएको नोटसहित अनिललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।


प्रकाशित : बुधबार, साउन २३ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend