शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

पहिरोले अवरुद्ध काठमाडौं-हेटौँडा जोड्ने कान्तिलोकपथ सञ्चालनमा

images
मंगलबार, साउन २२ २०८१
images
images
पहिरोले अवरुद्ध काठमाडौं-हेटौँडा जोड्ने कान्तिलोकपथ सञ्चालनमा

पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

images
images

मकवानपुर- काठमाडौंबाट हेटौँडातर्फ जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएको छ।

images
images

पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

images
images

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओम पण्डितले महादेवटार क्षेत्रको सडकका तीन स्थानमा ठूलो पहिरो गएकाले हेबी सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताए।

images
images

उक्त सडकको दुवैतर्फको टेवा पर्खाल, ढल निर्माण र सडक फराकिलो गर्नुपर्ने बाध्यता भएकाले अझै एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएकाले हेबी सवारीसाधनलाई त्रिभुवन राजपथलगायत वैकल्पिक राजमार्ग प्रयोग गर्न सुझाव दिइएको उनले जानकारी दिए।

यसैगरी हेटौँडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथ, हेटौँडा भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा दैनिक यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend